अरुण भ्याली हाईड्रोपावरको १९ लाख ९२ हजार कित्ता सेयर लिलामीमा

०३ वैशाख, काठमाडाैं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर बोलकबोल बढाबढ गरी बिक्री गर्ने भएको छ ।

कम्पनीले १ : १ को अनुपातमा हकप्रद शेयरहरु बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको १९ लाख ९२ हजार १३४ कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा बैशाख १० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्नेछन्।

शेयरको न्यूनतम मूल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको छ । शेयर खरीदको लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन । तर शेयर खरिद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा नियमक निकायले एउटा व्यक्ति वा संस्था÷ कम्पनीले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ ।

शेयर बाँडफाँड गर्दा सबै भन्दा बढी प्रति शेयर मूल्य कबोल गर्ने बोलपत्रदातालाई बाँडफाँड गरिनेछ । यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी प्रति शेयर मूल्य कबोल गर्नेलाई बाँडफाड गरिने जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment