सोमबार सुनको मूल्य ७०० रुपैयाँले बढ्यो

०३ वैशाख, काठमाडाैं । सोमबार सुनको मूल्य ७०० रुपैयाँले बढेको छ । आइतबार २२ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार ७०० रुपैयाँले बढेको हो ।

आज छापावाला सुनको मूल्य १ लाख ३७ हजार ५०० रुपैयाँ रहेको छ । छापावाला सुनको मूल्य शुक्रबार १ लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य सोमबार १५ रुपैयाँले बढेको हो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ३५८ दशमलव १९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव २ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment