आजकाे मौसम पुर्वनुमान : आज ३ प्रदेशमा वर्षा

०३ बैशाख, काठमाडौँ । आज तीनवटा प्रदेशमा हल्का वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कोशी, गण्डकी र कर्णालीका पहाडी भेगमा वर्षाको सम्भावना देखिएको हो।

पश्‍चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिमलगायत देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णालीका पहाडी भेगका थोरै तथा बाँकी पहाडी क्षेत्रका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यस्तै, लुम्बिनी तथा सुदूरपश्‍चिमका थोरै स्थानमा मध्याह्नपछि हावाहुरी आउने सम्भावना पनि देखिएको छ।

आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिमलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। यस्तै, कर्णालीका पहाडी भेगका थोरै तथा कोशी, गण्डकी र सुदूरपश्‍चिमका पहाडका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment