वर्षको अन्तिम दिन सुनको भाउ प्रतितोला २४ सय रुपैयाँले बढेर ऐतिहासिक बिन्दुमा कायम

३० चैत, काठमाडाैं । २०८० सालको अन्तिम दिन आज शुक्रबार सुनको भाउ प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर ऐतिहासिक बिन्दुमा कारोबार भएको छ । सुनको भाउ यसअघि चैत २८ गते १ लाख ३६ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड मूल्य कायम गरेको थियो ।

बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३८६ दशमलव ५१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव ८ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment