रेकर्ड मूल्यबाट सामान्य घट्यो सुनको भाउ, चाँदीको स्थिर

२८ चैत, काठमाडौँ । बिहीबार रेकर्ड मूल्यबाट सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घटेको हो ।

बुधबार प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ रहेको छापावाल सुनलाई आज १ लाख ३६ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँ तोकिएकोमा आज घटेर १ लाख ३५ हजार ९ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यता, चाँदीको भाउ भने स्थिर भएको छ । आज चाँदी प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार गर्न सकिनेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment