सेयर बजार २०२५ अंकमा अडेर यो वर्षको बिदाइ

२८ चैत, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से दाहोरो अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से १०.७१ अंक घटेर २०२५ अंकमा कायम भएको छ । बजारको यहीं अ‌ंकले वि.सं. २०८० साललाई बिदाइ गरेको छ । बिहीबार सार्वजनिक बिदा परेपछि अब २ वैशाख २०८१ मा कारोबार खुल्नेछ ।

कुल ३ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि हिजो ४ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कुल ६३ कम्पनीको मूल्य बढ्दा १७६ को घट्यो भने ६ को स्थिर रह्यो ।

ब्यापार १.४६ प्रतिशत तथा उत्पादन ०.१३ प्रतिशत बढे । तीबाहेक सबै समूह घटेका छन् । फाइनान्स सबैभन्दा धेरै २.५ प्रतिशत घट्यो । अंकका आधारमा बैंकिङ ०.४२, विकास बैंक ५०, फाइनान्स ५१, होटल तथा पर्यटन ८७, हाइड्रोपावर १, जीवन बीमा १३०, माइक्रोफाइनान्स ४६, निर्जीवन बीमा १११ र अन्य समूह ७ ले घटे ।

माण्डु हाइड्रोपावरको ९.६ प्रतिशत बढ्यो भने खानीखोला हाइड्रोपावरको ८.२ प्रतिशत बढ्यो । गुराँस लघुवित्तको ७.७, पिपुल्स पावरको ६.८, पोखरा फाइनान्सको ६.६ प्रतिशत मूल्य बढ्यो । सिंगटी हाइड्रोको मूल्य १० प्रतिशत घट्यो । विन नेपाल लघुवित्तको ९.९, मनकामना स्मार्ट लघुवित्तको ५.६, सबैको लघुवित्तको ५.५ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, गोर्खाज फाइनान्स, नेपाल फाइनान्स, पोखरा फाइनान्स र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहे ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalPolitic
Comments (0)
Add Comment