सुनको भाउले लगातार रेकर्ड मूल्य कायम गर्दै, यस्तो छ कारण

२८ चैत, काठमाडाैं । सुनको भाउले लगातार चौथौँ दिन पनि रेकर्ड कायम गरेको छ । चैत २५ गतेबाट लगातार रेकर्ड मूल्य कायम गर्दै आएको सुनको मूल्य बुधबार पनि थप उचाइमा पुगेको हो ।

बुधबार सुनको भाउ ५०० रुपैयाँले बढेको छ । बुधबार ५०० रुपैयाँले बढेसँगै आजको लागि एक तोला सुनको प्रतितोला मूल्य १ लाख ३६ हजार ८०० रुपैयाँ तोकिएको छ ।

मंगलबार सुनको भाउ तोलाको १ लाख ३६ हजार ३०० रुपैयाँ रहेको थियो । अमेरिकी रिजर्ब बैंकको नीति, अमेरिकी डलरको मुल्यमा देखिएको मजवुति, द्धन्द तथा चिनले सुनमा बढाएको लगानी लगायतका कारणले सुनको मुल्य उचाइमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तराष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ३५५ दशमलव ०६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव ०२ डलरमा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ३४४ दशमलव ७७ डलरमा र प्रतिऔंस चाँदी २७ दशमलव ७८ डलरमा कारोबार भएको थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilverhealthnepalNewsPolitic
Comments (0)
Add Comment