सुनको भाउ ऐतिहासिक बिन्दुमा, मंगलबार कतिमा हुँदैछ कारोबार ?

२७ चैत, काठमाडाैं । सुनको भाउले मंगलबार फेरी नयाँ रेकर्ड बनाएको छ । सुनको भाउले केही महिनादेखि नै रेकर्ड मूल्य कायम गर्दै आएको छ ।

मंगलबार छापावाला सुनको भाउ १ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको भाउ १०० रुपैयाँले बढेको हो । सोमबार छापावाला सुनको भाउ १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मगलबार चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी सोमबार पनि सोही भाउमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ३४४ दशमलव ७७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ दशमलव ७८ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment