१.१ प्रतिशत बढेको सेयर बजारमा सवा ४ अर्ब नाघ्यो कारोबार

२५ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १.१३ प्रतिशत बढेको छ । २२.७५ अंक बढेर नेप्से २०२७ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम पनि उच्च दरले बढेको छ ।

गत बिहीबार ३ अर्ब १ करोडको कारोबार भएकोमा आज ४ अर्ब २५ करोड पुगेको छ । फाइनान्स र विकास बैंक समूह उच्च दरले बढेको छ । फाइनान्स ५.९ र विकास बैंक ३.१६ प्रतिशत बढे । होटल तथा पर्यटन समूह ४ र ब्यापार समूह १ अंक घटे ।

बैंकिङ ६, विकास बैंक १२२, फाइनान्स ११३, हाइड्रोपावर २८, जीवन बीमा १४५, उत्पादन ११५, माइक्रोफाइनान्स २८, निर्जीपवन बीमा ९२ र अन्य समूह २२ अंक बढे ।
कुल १९० कम्पनीको मूल्य बढ्दा ४८ को घट्यो भने ७ को स्थिर रह्यो ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानाकी फाइनान्स, गुराँस लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्तको ९.७, दोल्ती पावरको ९.५ र सबैको लघुवित्तको ९ प्रतिशत मूल्य बढ्यो । तारागाउँ रिजेन्सीको मूल्य १० प्रतिशत घट्यो । सूर्याज्योति लाइफ इन्स्योरेन्सको २.७ तथा गणपति लघुवित्तको २.५ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी संस्थापक, गोर्खाज फाइनान्स, सूर्याज्योति लाइफ इन्स्योरेन्स, सर्वोत्तम सिमेन्ट र नेपाल फाइनान्स क्रमश अगाडि रहे । हालै सूचीकृत भएको सर्वोत्तमको मूल्य यस दिन ४.५ प्रतिशत बढेर ८८१ रुपैयाँ पुगेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment