सुनको भाउ ऐतिहासिक बिन्दुमा, आइतबार एक तोला सुन १ लाख ३६ हजार नजिक

२५ चैत, काठमाडाैं । साताको पहिलो कारोबार दिन नै सुनको भाउले फेरी नयाँ रेकर्ड कायम गरेको छ । चैत २२ गते १ लाख ३४ हजार पुगेर रेकर्ड बनाएको सुनको भाउले आइतबार उक्त रेकर्ड तोडेको हो ।

आइतबार सुनको भाउ प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ तोकिएको छ । शुक्रबारको तुलनामा सुनको भाउ २ हजार ९०० रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाला सुनको भाउ १ लाख ३२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । अमेरिकी रिजर्ब बैंकको नीति, अमेरिकी डलरको मुल्यमा देखिएको मजवुति, द्धन्द तथा चिनले सुनमा बढाएको लगानी लगायतका कारणले सुनको मुल्य उचाइमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदी प्रतितोला १ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ३२९ दशमलव ९३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ दशमलव ४९ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment