खाम पक्राउ प्रकरणः चितवन अदालतमा थुनछेक बहस सकियो, आजै आदेश आउने

२३ चैत, चितवन। काठमाडौंका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा १५ वर्ष पछि पक्राउ परेका माओवादीका पुर्व कमान्डर कालीबहादुर खामको मुद्दामा चितवन जिल्ला अदालतमा हिजोदेखी सुरु भएको थुनछेक बहस आज सकिएको छ ।

सर्वोच्च अदालतबाट मिसिल आइपुगेपछी हिजो विहान ११ः३० बजेदेखि खामको बयान सुरु भएको थियो । त्यसलगत्तै दिउँसोदेखि सुरु भएको थुनछेक बहस आज दिउँसो सवा १२ बजे सकिएको अदालतका श्रेस्तेदार विश्नुप्रसाद आचार्यले जानकारी दिए । थुनछेक बहस सकिएकाले आजै आदेश आउने भएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment