बजार घट्दा कारोबार बढ्यो, होटल र माइक्रोफाइनान्समा उत्साह

२२ चैत, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से २.७३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २००४ अंकमा कायम भएको छ । परिसूचक घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन कुल २ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ३ करोडको भयो ।

कुल १०६ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने ११ को स्थिर रह्यो । यस दिन होटल तथा पर्यटन र माइक्रोफाइनान्स समूहमा उत्साह देखियो । होटल तथा पर्यटन समूह १.६७ प्रतिशत बढ्यो भने माइक्रोफाइनान्स समूह २.३८ प्रतिशत बढ्यो । उत्पादन समूह सबैभन्दा धेरै १.६१ प्रतिशत घट्यो ।

बैंकिङ ४, विकास बैंक २१, हाइड्रोपावर १४, जीवन बीमा १६, उत्पादन ११० र अन्य समूह ८ अंकमा घटे । ब्यापार ३, निर्जीवन बीमा २९, माइक्रोफाइनान्स ९४, होटल ८६ र फाइनान्स समूह ६ अंकमा बढे ।

मानुषी, मनकामना स्मार्ट तथा गुराँस लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । तारागाउँ रिजेन्सीको मूल्य ९.९ प्रतिशत, विन नेपाल लघुवित्तको ९.२ प्रतिशत बढ्यो । लक्ष्मी लघुवित्तको ८.२, माहुली लघुवित्तको ६.९, सीवाईसी लघुवित्तको ६.८ प्रतिशत बढ्यो ।

पिपुल्स पावरको मूल्य ७.२ प्रतिशत घट्यो । सर्वोत्तम सिमेन्टको ५.८, रिभर फल्स पावरको ४, इमर्जिङ नेपालको ३.४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, शिवम् सिमेन्ट, सर्वोत्तम सिमेन्ट, सूर्यज्योति लाइफ इन्स्योरेन्स र सोनापुर सिमेन्ट क्रमशः अगाडि रहे ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNews
Comments (0)
Add Comment