२००६ अंकमा झर्‍यो सेयर बजार, माइक्रोफाइनान्स १.६ प्रतिशत बढ्यो

२१ चैत, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २००६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३.४३ अंक घटेको हो । कुल २ अर्ब ५३ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । अघिल्लो दिन २ अर्ब १९ करोडको कारोबार भएको थियो ।

कुल १०३ कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो भने १० को स्थिर रह्यो । क्षेत्रगत सूचकलाई हेर्दा माइक्रोफाइनान्स सबैभन्दा धेरै १.६५ प्रतिशत बढ्यो । त्यस्तै जीवन बीमा ०.५० प्रतिशत बढ्यो । उत्पादन समूह सबैभन्दा धेरै १.७४ प्रतिशत घट्यो ।

बैंकिङ ३.७, विकास बैंक २५, फाइनान्स १२, होटल तथा पर्यटन ९, हाइड्रोपावर ९, उत्पादन १२१, निर्जीवन बीमा २ अन्य ४ र ब्यापार समूह २० अंक घटे ।

मूल्य धेरै बढेका कम्पनीहरुमा पनि माइक्रोफाइनान्स अगाडि रहे । गुराँस लघुवित्त, विन नेपाल र मानुसी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । गणपति र सिर्जनशील लघुवित्तको क्रमशः ८.३ र ७.६ प्रतिशत बढ्यो ।

रिभर फल्स पावरको ४.४, मन्दाकिनी हाइड्रोपावरको ४, बोटलर्स नेपाल तराईको ३.७, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.५ र भूगोल इनर्जीको मूल्य ३.४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सूर्याज्योति लाइफ इन्स्योरेन्स, सर्वोत्तम सिमेन्ट, गोर्खाज फाइनान्स, शिवम् सिमेन्ट र सोनापुर सिमेन्ट क्रमशः अगाडि रहे ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment