घर निर्माण लागत सम्बन्धी निःशुल्क परामर्श दिँदै स्किल सेवा

१५ चैत, काठमाडाैं । घर तथा बिल्डीङ्ग निमार्ण सम्बन्धि चुनौतीहरूको पहिचान र समाधान गर्न विगत छ वर्ष देखी समर्पित स्किल सेवाले घर निर्माण लागत सम्बन्धी निशुल्क परामर्श दिइरहेको छ । विगतमा पनि निशुल्क प्राविधिक परामर्श कार्यक्रमहरु गर्दै आएको स्किल सेवाले अहिले घर निर्माणमा लाग्ने लागत सम्बन्धी निशुल्क परामर्श दिने कार्यक्रम सञ्चालन गरेको हो ।

कम्पनीका अनुसार यस कार्यक्रम मार्फत कम्पनीले घर निमार्ण गर्दा खर्च कम गर्ने आठ उयायहरुको बारेमा बताउने छ जसमा कस्तो खालको सिमेन्ट, इटा, डन्डि, ग्लास, टाएल्स् प्रयोग गर्ने बारे सिकाउने छ । साथसाथै लेबर व्यवस्थापन, डिजाइन, रेक्ट्याङ्गगुलर निमार्ण योजना, निमार्ण अवधि देखि फ्लोलिङ्ग र समापन सम्मको स्टेप–बाइ–स्टेप बताउने कम्पनीले जनाएको छ ।

घर निर्माण पूर्व मात्रै एक घण्टा खर्च गरी यस्ता परामर्श लिने हो भने सामान्य घर निर्माणमा समेत दश लाख भन्दा बढी बचत गर्न सकिने कम्पनीको दाबी छ । यस कार्यक्रमबाट लाभ उठाउन आह्वान गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश तिमिल्सिनाले भनेका छन्, ’हामी पोखरा, चितवन र बुटवलमा रहेका हाम्रा तिन ओटा नै शाखाहरू मार्फत यस्तो कार्यक्रहरु गर्दै आइरहेका छौं । यस परामर्श कार्यक्रम मार्फत निर्माण सामाग्री छनौट, अधिकतम जग्गाको उपयोग, बजेट निर्माण, सरकारी निति नियम, नक्सा डिजाइन र इन्टेरियर समेतको ज्ञान लिन सकिन्छ ।’

निमार्ण सम्बन्धि पुस्तक पनि प्रकाशन तथा बिक्रिबितरण गरीरहेको स्किल सेवाले आफ्नो वेबसाइटमा पनि परामर्श मुलक लेखहरु राखेको छ । जीबनभरको मिहेनतले बनाइने घर जस्तो कुरामा कम्तिमा एकपटक बिज्ञ सगँ परामर्श र सल्लाह सुझाब लिनै पर्ने बताउदै यसमा प्रत्यक्ष संलग्न हुनको लागि कम्पनीको प्रमुख कार्यालयमा सम्र्पक गर्न सकिने कम्पनीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment