सुनको भाउमा नयाँ रेकर्ड कायम, बिहीबार कतिमा हुँदैछ कारोबार ?

१५ चैत, काठमाडाैं । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार १ हजार १ सय रुपैयाँ बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो ।

बिहीबार छापावाला सुनको भाउ १ लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चैत ८ गते १ लाख २७ हजार ८०० रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड कायम गरेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन प्रतितोला १ लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदी १ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १९५ दशमलव ०६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ६७ डलरमा कारोबार भइरहेको छ ।

बुधबार अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस सुन २ हजार १७७ दशमलव ९८ डलरमा कारोबार भएको थियो भने प्रतिऔंस चाँदी २४ दशमलव ४४ डलरमा कारोबार भएको थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment