मैलुङ्ग खोला जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१५ चैत, काठमाडाैं । मैलुङ्ग खोला जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले दशौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १६ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीको सभाले चुक्ता पूँजीको २.२२११ प्रतिशतले हुन आउने रकम ८१ लाख ७६ हजार ८२४.१७ रुपैयाँ बोनस शेयर र ०.११६९ प्रतिशतले हुन आउने रकम ४ लाख ३० हजार ३५९.१७ रुपैयाँको नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले चैत २९ गते, बिहीबार, लैनचौर ब्याक्वेट, लैनचौर, काठमाण्डौंमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNews
Comments (0)
Add Comment