सुनको भाउ बढ्यो, बुधबार कतिमा हुँदैछ कारोबार ?

१४ चैत, काठमाडाैं । बुधबार छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँ बढेको छ । मंगलबार ३०० रुपैयाँ बढेको सुनको भाउ बुधबार प्रतितोला ४०० रुपैयाँ बढेको हो ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ८०० रुपैयाँ तोकिएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुन प्रतितोला १ लाख २६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदी १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १७७ दशमलव ९८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ४४ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment