सुनको मूल्यमा सामान्य गिरावट

१३ चैत, काठमाडाैं । मंगलबार छापावाला सुनको भाउ प्रतितोला ३०० रुपैयाँ घटेको छ । सोमबार २०० रुपैयाँ बढेको सुनको भाउ मंगलबार प्रतितोला ३०० रुपैयाँ घटेको हो ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँ तोकिएको छ । सोमबार छापावाला सुनको भाउ १ लाख २६ हजार ७०० रुपैयाँ तोकिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुन प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदी १ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १७१ दशमलव ४६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ६५ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNews
Comments (0)
Add Comment