सुनको मूल्य सामान्य बढ्यो, सोमबारको भाउ कति ?

१२ चैत, काठमाडाैं । सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । आज बढेसँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख २६ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजावी सुन १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी १ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको भाउ १५ रुपैयाँ बढेको हो । शुक्रबार चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १६९ दशमलव ४१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ६९ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment