१ करोडमा बनेको नेपालगञ्ज वाटर पार्कमा मोटरबोट सञ्चालन

कति लाग्छ शुल्क ?

११ चैत, काठमाडौं । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगञ्जस्थित वाटरपार्कमा सेवा विस्तार गरेको छ ।

१ करोड ८ लाख रुपैयाँ लागतमा तयार गरेर परीक्षणकालिन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आउँदो वैशाखमा उद्घाटन गर्ने तयारी गरेको सञ्चालक विष्णु ढकालले जानकारी दिए ।

खासै प्रयोगमा नआएको नेपालगञ्जको वाटर पार्क नामक पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए ।

वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरीङ गरेर प्रयोग गरेको बताएको छ ।

कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरे बापत नेपालगञ्ज महानगरपालिकालाई वार्षिक २५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए ।

पर्यटकले मोटरबोट चड्न २ सय ५० रुपैयाँ तिर्नुपर्ने कम्पनीको भनाइ छ । १२ सय वर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै ४ किलोमिटर दुरी सयर गर्न सक्ने भएका छन्

नेपालगञ्जको सोही पार्कमा जेट स्कि, ५ वटा पावरस्पोर्ट्स, फ्लोटिङ रेस्टुरेन्ट, अपोजिट बन्जी, साइक्लिङ, जिपलाइन लगायतको सेवा समेत विस्तार गर्ने योजना रहेको ढकालले जानकारी दिए ।

यसअघि चितवनको नारायणगढ र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको उनले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment