सुनको भाउ स्थिर, बुधबार कतिमा हुँदैछ कारोबार ?

०७ चैत, काठमाडाैं । बुधबार छापावाला सुनको भाउ १ लाख २५ हजार २ सय रुपैयाँ कायम गरिएको छ । सुनको भाउ मंगलबार पनि सोही भाउमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजावी सुन १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १५७ दशमलव ७६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ८९ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment