धनगढीमा श्री एयरलाइन्सको विमानमा समस्या, उडान हुन सकेन

६ चैत, धनगढी । काठमाडौंबाट धनगढी आएको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएको छ ।

एएनएच २२७ उडान नम्बरको श्री एयरलाइन्सको विमान सोमबार साँझ धनगढी आइपुगेको थियो । उक्त विमानको अगाडिको चक्कामा समस्या देखिएपछि मंगलबार उडान गर्न नसकिएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानको अगाडिको चक्कामा समस्या देखिएकाले उडान हुन नसकेको श्री एयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले जानकारी दिए ।

‘साँझ विमानस्थलमा अवतरण गरेर सबै यात्रु उत्रिएपछि विमानको चक्कामा प्राविधिक समस्या देखिएको थाहा भएको थियो,’ शाहीले भने, ‘अहिले विमानलाई ग्राउन्डेड गरिएको छ । काठमाडौंबाट प्राविधिक टोली आइरहेकाले त्यसपछि समस्या के हो ? भन्ने थाहा होला ।’

धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले पनि विमानको प्राविधिक जाँचपछि मात्रै उडान अनुमति दिइने जानकारी दिए । ‘श्रीएयरको विमानमा देखिएको समस्या धेरै ठूलो त होइन तर प्राविधिक गरेर मात्र उहाँहरुले उडान अनुमति पाउनुहुन्छ,’ सिंहले भने ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment