सुनको मूल्य वृद्धि, मंगलबारको भाउ कति ?

०६ चैत, काठमाडाैं । मंगलबार सुनको भाउ बढेको छ । सोमबार ५०० रुपैयाँले घटेको सुनको भाउ मंगलबार ७०० रुपैयाँले बढेको हो ।

मंगलबार छापावाला सुनको भाउ १ लाख २५ हजार २ सय रुपैयाँ कायम गरिएको छ । सोमबार सुनको मूल्य १ लाख २४ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजावी सुन १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सोमबार तेजावी सुन १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १६० दशमलव ७६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २५ दशमलव १२ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment