सुनको भाउमा लगातार गिरावट, सोमबार ५०० रुपैयाँले घट्यो

०५ चैत, काठमाडाैं । सुनको भाउमा लगातार गिरावट आएको छ । चैत १ गतेदेखि गिरावट आएको सुनको भाउ आज पनि प्रतितोला ५०० रुपैयाँ घटेको हो ।

सोमबार छापावाला सुनको भाउ १ लाख २४ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । आइतबार सुनको मूल्य १ लाख २५ हजार रुपैयाँ कायम गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदी १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ५३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १४७ दशमलव ०६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २५ दशमलव ०१ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment