सुनको भाउमा घट्यो, आइतबार कतिमा हुँदैछ कारोबार ?

०४ चैत, काठमाडाैं । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ। आइतबार सुनको मूल्य १ लाख २५ हजार रुपैयाँ कायम गरिएको छ ।शुक्रबार छापावाला सुनको मूल्य १ लाख २५ हजार ४०० रुपैयाँ कायम गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजावी सुन १ लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदी १ हजार ५३० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १५६ दशमलव ०६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २५ दशमलव १८ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment