यौन जीवन रोमाञ्चक बनाउन श्रीमान र श्रीमतीको समान सहभागिता र सक्रियता आवश्यक

०३ चैत, काठमाडौँ । यौन जीवन रोमाञ्चक बनाउनका लागि श्रीमान र श्रीमती दुबैको समान सहभागिता र सक्रियता आवश्यक पर्छ। एक जनाको मात्र इच्छा र चाहनाले यौन जीवन रोमाञ्चक हुन सक्दैन। दुबै मानसिक र शारीरिक रुपमा तयार भएपछि गरिने यौन क्रियामात्र रोमाञ्चक हुन्छ ।

महिलाहरू पनि पुरुष जस्तै सेक्सबाट सकेसम्म आनन्द लिने प्रयासमा हुन्छन्। तर केही महिलाहरु सम्भोगको दौरानमा मात्र खुल्ने भएतापनि बहुसंख्यक महिलाहरु पार्टनरले आफ्नो यौन चाहना बुझेर सोही अनुसारको सन्तुष्टि देओस् भन्ने कुरामा लालायित हुन्छन् ।

आफ्नै श्रीमानलाई पनि आफ्नो यौन अपेक्षा र यौन सन्तुष्टि खुलस्त भन्न नसक्ने हुनाले महिलालाई चरम सुखको स्थितिमा पुग्न तुलनात्मक रूपमा बढी समय लाग्छ । सम्भोगका क्रममा आफ्नो यौन साथीलाई खुशी पार्न, आफ्नो असन्तुष्टि व्यक्त गर्न नसक्दा, यौन कार्य छोट्याउन तथा बाध्यतावश यौन सम्पर्क राख्नु पर्दा महिलाहरूले चरम सुख प्राप्त गरेको नक्कल पार्न सक्छन्, तर पटक पटकको यौन असन्तुष्टिले भविष्यमा यौन चाहना घटने तथा यौन मनोरोग निम्तिने खतरा हुन्छ ।

विभिन्न अध्ययनहरूले सेक्ससम्बन्ध राख्दा महिलाहरू आफ्नोभन्दा पुरुषको धेरै चिन्ता लिन्छन् र उनीहरू आफू सन्तुष्टि लिनभन्दा आफ्नो पार्टनर सन्तुष्ट पार्न हरसम्भव प्रयास गर्छन् भनेर औल्याएको छ ।

यसैले पनि अधिकांश सेक्सबाट महिलाहरूले भने जति सन्तुष्टि लिन सक्दैनन् । चरम उत्कर्षमा आउनुअगावै पुरुष थाकिसकेको वा उसले सन्तुष्टि लिइसक्ने भएकोले पनि महिलाहरू सेक्सको मामलामा सधै ठगिन्छन् ।

पाक क्रिडाको माध्यमबाट आफूलाई पुरै उत्तेजित तुल्याएपछि मात्र यौन सम्पर्क शुरु होस् भन्ने महिलाको चाहाना हुन्छ । सर्वेमा सहभागी अधिकाँश महिलाले पुरुषहरु सेक्सको विषयमा अलि रचनात्मक हुनु पर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नु पर्ने बताएका थिए ।

किंसले इन्स्टिच्यूटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै कण्डम नलगाइ यौन सम्पर्क गर्दा बढी सन्तुष्टी हुने बताए । यद्यपी कण्डम लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरुको भनाइ थियो ।

यौन क्रिडाका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन । उनीहरु आफ्ना संवेदनशील कोमल अंगमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् । संवेदनशील अंगसँग संवेदनशीलरुपमै प्रस्तुत भएको उनीहरुलाई मन पर्छ ।

हतारमा यौन कार्य, शीघ्र स्खलनसँगै पुरुष लिङ्गको शिथिलता लगायत पुरुष यौन साथीको स्वार्थी प्रवृत्तिका कारण तथा आफ्नो यौनेच्छा र सन्तुष्टि व्यक्त नगर्ने स्वभावका कारण पनि महिलाहरूले पटक–पटक चरम सन्तुष्टि प्राप्त गर्न पाउँदैनन् । महिलाहरूले चरम सुख प्राप्त गर्न नसक्नुमा जैविक कमजोरी वा वंशाणुगत कारण पनि हुनसक्छ ।

पुरुष यौन साथीद्वारा गरिने दमित व्यवहार तथा वैवाहिक अवस्थाको थुप्रै बाध्यताले महिलाहरू आफ्नो इच्छा, चाहना वा सन्तुष्टि व्यक्त गर्न नसक्ने हुन्छन् । एक सर्वेक्षणअनुसार करीब ४३ प्रतिशत महिलाले यौन सन्तुष्टि प्राप्त गर्न नसकेको देखाए पनि यौन क्रियाकलापका क्रममा पाकक्रीडालाई जोड दिएको खण्डमा यस्तो अवस्थालाई धेरै हदसम्म कम गर्न सकिन्छ । सम्भोगअघि पाकक्रीडामा पर्याप्त समय दिनुपर्छ ।

पत्रपत्रिकाको सहयोगमा



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment