शोरुम भित्रियो ६२० किमी रेन्ज दिने स्काइवेल ईटी५ ईभी, छिट्टै डेलिभरी शुरु हुने

०२ चैत, काठमाडाैं । पहिले देखि नै चर्चामा रहेको नयाँ इलेक्ट्रिक कार स्काइवेल ईटी५ काठमाडौं भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा रहेको जी मोटर्सले स्काइवेल ईटी५ भक्तपुरको राधे राधेस्थित शोरुममा ल्याइपु-याएको हो ।

जी मोटर्सले गत भदौ महिनामा सम्पन्न नाडा अटो शोमा स्काइवेलको स्टल राखेर यसको बुकिङ खुल्ला गरेको थियो । नेपाली बजारमा सबैभन्दा बढी रेन्ज अर्थात सिंगल चार्जमा ६२० किलोमिटर रेन्ज दिने दावी गरिएको स्काइवेल ईटी५ करिव तीन दर्जन युनिट बुकिङ भएको दावी गरिएको छ ।

स्काइवेल ईटी५ मा ८५।९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसममा १५० किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ । यसको मूल्य १ करोड ९ लाख रुपैयाँ हुने जानकारी पहिल्यै सार्वजनिक भइसकेको छ ।

सो एसयूभी विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो।

हाल ४० युनिट सवारी साधन आइपुगेको जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले बताए । सो गाडीको टेस्ट ड्राइभ समेत गर्न सकिने छ ।

टेस्ट ड्राइभ पश्चात केही दिनमै गाडीको लन्चिङ कार्यक्रम गरिने र पहिले बुकिङ गरेका ग्राहकलाई डेलिभरी समेत गरिने छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment