सुनको भाउमा गिरावट, शुक्रबार कतिमा हुँदैछ कारोबार

०२ चैत, काठमाडाैं । शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । बिहीबार ८०० रुपैयाँले बढेको सुनको भाउ शुक्रबार ४०० रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य १ लाख २५ हजार ४०० रुपैयाँ कायम गरिएको छ । बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख २५ हजार ८०० रुपैयाँ रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन १ लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजावी सुन १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार १ हजार ५१५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १६५ दशमलव ०१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २५ दशमलव ०१ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment