सप्रिँदै पुष्प व्यवसाय : करिब ३३ प्रतिशतले वार्षिक कारोबारमा वृद्धि

०२ चैत, काठमाडौँ । कोरोना महामारीपछि थला परेको पुष्प व्यवसाय बिस्तारै सप्रिँदै गएको छ । कोभिडअगाडि पुष्प व्यवसायको कारोबारको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत हाराहारीमा थियो । कोभिड महामारीका कारण नकारात्मक असर पर्न गई सो वृद्धिदर खुम्चिन पुग्यो । तर पुनः आर्थिक वर्ष २०७९/०८० पछि पुष्प व्यवसाय सप्रिँदै गएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले बताए ।

तामाङका अनुसार आर्थिक वर्ष २०७५/७६ मा फूलको वार्षिक कारोबार २ अर्ब ४२ करोड रुपैयाँ थियो । आर्थिक वर्ष २०७६/०७७ र आर्थिक वर्ष ०७७/७८ मा सो कारोबार खुम्चियो । ती आर्थिक वर्षमा कोभिड–१९ महामारीको कारण भएको निषेधाज्ञा र लकडाउनका कारणले १ अर्ब ६३ करोड रुपैयाँको मात्रै कारोबार भयो ।

आर्थिक वर्ष २०७८/०८९ मा कोभिड–१९ को असर केही कम हुँदा समग्र व्यावसायिक तथा आर्थिक क्षेत्रहरू केही चलायमान र सुधारोन्मुख भए । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा करिब ३० प्रतिशतले व्यवसायमा वृद्धि भयो । त्यतिबेला २ अर्ब ३० करोड रुपैयाँ हाराहारीमा कारोबार भएको तामाङले उल्लेख गरे ।

आर्थिक वर्ष ०७९/८० मा ३ अर्ब ७ करोड रुपैयाँ भन्दा बढी फुलको कारोबार भएको थियो । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष ०७९/८० मा करिब ३३.६३ प्रतिशतले वार्षिक कारोबारमा वृद्धि भएको तामाङले बताए ।

२२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय

फ्यानका अनुसार हाल ४८ जिल्लामा लगभग २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । १ हजार ११६ भन्दा बढी पुष्प व्यवसायीमा संलग्न छन् ।

फ्यानको तथ्याङ्क अनुसार देशभर ५०५ नर्सरी व्यवसाय छन् । यस्तै, ८० व्यवसाय कट फ्लावर उत्पादकका रूपमा संलग्न छन् । यस्तै, देशभर १३७ व्यवसाय कट फ्लावर खुद्रा व्यवसायी रहेको पनि फ्यानले जनाएको छ ।

पुष्पको थोक ४ व्यवसायी , ईनपुट सप्लायर्स २५ व्यवसायी र लुज फ्लावर उत्पादक ३६५ रहेको फ्यानको तथ्याङ्क छ । देशभर पुष्प ब्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर ४४ हजार बढी जनशक्ति रोजगार प्राप्त गरेका छन् ।

२२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय

फ्यानका अनुसार हाल ४८ जिल्लामा लगभग २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । १ हजार ११६ भन्दा बढी पुष्प व्यवसायीमा संलग्न छन् ।

फ्यानको तथ्याङ्क अनुसार देशभर ५०५ नर्सरी व्यवसाय छन् । यस्तै, ८० व्यवसाय कट फ्लावर उत्पादकका रूपमा संलग्न छन् । यस्तै, देशभर १३७ व्यवसाय कट फ्लावर खुद्रा व्यवसायी रहेको पनि फ्यानले जनाएको छ ।

पुष्पको थोक ४ व्यवसायी , ईनपुट सप्लायर्स २५ व्यवसायी र लुज फ्लावर उत्पादक ३६५ रहेको फ्यानको तथ्याङ्क छ । देशभर पुष्प ब्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर ४४ हजार बढी जनशक्ति रोजगार प्राप्त गरेका छन् ।

कति हुन्छ फूल आयात ?

नेपाल फूलमा आत्मनिर्भर उन्मुखको भएको दाबी गरिँदै आए पनि आयात रोक्न भने सकिएको छैन । सरकारी तथ्याङ्कअनुसार बर्सेनि ३० करोड रुपैयाँ भन्दा बढीको फूल आयात हुँदै आएको छ । गत चार वर्षको तथ्याङ्क केलाउँदा १ अर्ब ३२ करोड रुपैयाँको फूल आयात भएको देखिन्छ ।

फ्यानका अनुसार आर्थिक वर्ष २०७९/०८० मा ३३ करोड ६ लाख ४८ हजार फूल आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा ३६ करोड ५३ लाख ५ हजार रुपैयाँको फूल आयात भएको छ । उता २०७७/०७८ मा ४० करोड ७२ लाख ३४ हजार रुपैयाँको फूल आयात भएको फ्यानको तथ्याङ्कमा उल्लेख छ । यस्तै, २०७६/०७७ मा २३ करोड ७७ लाख ३८ हजार रुपैयाँ फूलका लागि बाहिरिएको छ ।

फूल आयात मात्रै नभई नेपालबाट केही मात्रमा निर्यात पनि हुन्छ । तर, चार वर्षमा जम्मा २ करोड ७९ लाख रुपैयाँको फूल निर्यात भएको छ । यस क्रममा आर्थिक वर्ष २०७९/०८० मा ६८ लाख रुपैयाँको तथा २०७८/०८९ मा ९८ लाख रुपैयाँको निर्यात गरिएको छ । यस्तै, २०७७/०७८ मा ५३ लाख ८ हजार रुपैयाँ र २०७६/०७७ मा ६० लाख ५९ हजार रुपैयाँको फूल निर्यात भएको तथ्याङ्क छ ।

पुष्प व्यवसायमा समस्या

पुष्प क्षेत्रमा मात्रै नभई समग्र कृषि क्षेत्रमा ५० लाख बढी कारोबार गर्दा भ्याटमा कारोबार गर्नु पर्ने थ्रेसहोल्ड लागू गरिएको छ । यसले गर्दा बजारमा दुई किसिमको मूल्यमा फूलको कारोबार गरिएको तामाङले बताए । ‘बजारमा फूलको कारोबार दुई मूल्यमा भइरहेको छ,’ उनले भने, ‘ थ्रेसहोल्ड लागू भएको र नभएको गरी फरक–फरक मूल्यमा कारोबार भइरहेको छ ।’

सरकारले पाँच वर्षको लागि मात्रै कृषि कर्जा उपलब्ध गराउँछ । उनले भने, ‘पाँच वर्षमा कृषि उत्पादन नै हुँदैन, पाँच वर्षमा कसरी ऋण चुक्ता गर्नु ।’

सरकारी निकायले ठुला लगानीकर्ता पुष्प व्यवसायमा आउने वातावरण नबनाएको उनले सुनाए । ‘चैतदेखि मङ्सिरसम्म पुष्पमा पूर्ण अत्मनिर्भर छौँ,’ उनले भने, ‘ठुला लगानीकर्ता पुष्प व्यवसायमा आउने वातावरण नरहेको कारण वर्षभर अत्मनिर्भर हुन सकेको छैनौँ ।’

खेर गएको फूलको व्यवस्थापनका लागि पहल

खेर गएको फुलको व्यवस्थापनका लागि फ्यानले पहल गरिरहेको दाबी गरेको छ । यसका लागि नीति तथा कार्यक्रममा आफूहरूले सुझाव पेश गरेको तामाङले बताए । ‘हामीले फूलसँग सम्बन्धित प्रशोधन उद्योग सञ्चालन गर्नका लागि सरकारले सहयोग गर्नुपर्ने भनेर सुझाव पेश गरेका छौँ,’ उनले भने ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) सँग खेर गएको फुलको व्यवस्थापनका लागि छलफल भइसकेको उनले सुनाए । ‘बढी भएको फुलबाट प्रशोधन उद्योगबाट के गर्न सकिन्छ भनेर नार्कसँग एउटा कार्यक्रम नै राख्ने छलफल भएर अगाडि बढेको छ,’ उनले भने, ‘यस्तै वन विभाग अन्तर्गत वनस्पति विभागले सयपत्री फूलबाट ल्यूटिन तेल निकाल्ने, सौन्दर्यको सामाग्री बनाउने तालिम दिइएको छ ।’

गत तिहारमा स्वदेशी फूल उत्पादनको तुलनामा आधाले मात्र बजार पाएको थियो । ३५ लाख फूलमालाको कारोबार हुने अनुमान गरिएकोमा ७० लाख आपूर्ति हुँदा आधा फूल क्षति भएको थियो । आगामी दिनमा खेर गएको फुललाई व्यवस्थापन गर्न फ्यानले विभिन्न कार्य गरेको दाबी गरेको छ ।

कसरी सुरु भयो पुष्प व्यवसाय ?

नेपालमा बि.सं. २०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय सुरु भएको सरोकारवालाले जनाएका छन् । सो पश्चत् पुष्प व्यवसायले बिस्तारै गति लिएको तामाङले बताए । वि.सं २०४९ सालसम्म लगभग जम्मा ८० को सङ्ख्यामा मात्रै नर्सरी व्यवसायी पुष्प व्यवसायमा संलग्न थिए । वि.सं. २०४९ सालमा संस्थागत रूपमा फ्यानको स्थापना भए पश्चात् मात्र पुष्पको व्यावसायिक विकास, बिस्तार र प्रवर्द्धनले गति लिएको उनले दाबी गरे ।

हाल बढ्दो सहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य सहरहरू लगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलँदो अवस्थामा रहेको तामाङले सुनाए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment