बिहीबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँ बढ्यो

०१ चैत, काठमाडाैं । बिहीबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १ हजार रुपैयाँ घटेको सुनको भाउ बिहीबर ८०० रुपैयाँ बढेको हो ।

आज बढेसँगै सुनको भाउ रेकर्ड मूल्य नजिक पुगेको छ । बिहीबार छापावाला सुनको मूल्य १ लाख २५ हजार ८०० रुपैयाँ कायम गरिएको छ । बुधबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख २५ हजार रुपैयाँ रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, बिहीबार चाँँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेको छ । बुधबार १ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १७१ दशमलव ७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ९६ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilverhealthnepalNewsPolitic
Comments (0)
Add Comment