बुधबार सुनको भाउ एक हजार रुपैयाँले घट्यो

३० फागुन, काठमाडाैं । छापावाला सुनको मूल्य रेकर्ड मूल्यबाट ओरालो लागेको छ । दुई दिन स्थिर रहेको सुनको भाउ बुधबार एक हजार रुपैयाँले घटेको हो । गत फागुन २७ गते १ लाख २६ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउ २८ र २९ गते स्थिर रहेको थियो ।

बुधबार छापावाला सुनको मूल्य १ लाख २५ हजार रुपैयाँ कायम गरिएको छ । मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख २६ हजार रुपैयाँ रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजावी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, बुधबार चाँँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेको छ । मंगलबार १ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार चाँदी १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १५७ दशमलव ४९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ०९ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment