सत्ता गठबन्धनमा माधव नेपालको हस्ताक्षर सहित ७ बुँदे नयाँ सहमति

२९ फागुन, काठमाडौं । सत्ता गठबन्धनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हस्ताक्षर सहित नयाँ सहमति बनेको छ। मंगलबार बसेको सत्ता गठबन्धनको बैठकपछि ७ बुँदे सहमति सार्वजनिक गरिएको छ।

पाँच दलबीच भएको सहमतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली, रास्वपाको सभापति रवि लामिछाने, नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।

यसअघि चार दलबीच भएको सहमति अनुसार राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्षलाई लिने सहमति भएको थियो। नयाँ सहमतिपत्रमा राष्ट्रिय सभा उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने वाक्य भने हटाइएको छ।

यस्तो छ सहमति



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment