सुन रेकर्ड मूल्यबाट घटेन, मंगलबार पनि स्थिर

२९ फागुन, काठमाडाैं । आइतबार प्रतितोला १ लाख २६ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य मंगलबार पनि सोही भाउमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा १ हजार रुपैयाँ बढेर रेकर्ड कायम गरेको सुन भाउ त्यसपछि घटबढ नभएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, मंगलबार तेजावी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँँदीको मूल्य भने मंगलबार प्रतितोला १० रुपैयाँ बढेको छ । सोमबार १ हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार चाँदी १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारमा दिनभर हुने कारोबारपछि अन्तिम मूल्य जति कायम हुन्छ, त्यसकै आधारमा मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १७८ दशमलव ५६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ४६ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthNewsPolitic
Comments (0)
Add Comment