सोमबार सुन चाँदीको भाउ स्थिर

२७ फागुन, काठमाडाैं । सोमबार सुन भाँदीको भाउ स्थिर रहेको छ । सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ आज पनि सोही भाउमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला छापावाला सुनको भाउ १ लाख २६ हजार रुपैयाँ रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य १ हजार ४७५ रुपैयाँ रहेको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १८१ दशमलव २६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव २९ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment