आइतबार प्रतितोला १ हजार रुपैयाँ बढेसँगै सुनको भाउ पुनः ऐतिहासिक बिन्दुमा

२७ फागुन, काठमाडाैं । छापावाला सुनको भाउले पुनः रेकर्ड मूल्य कायम गरेको छ । मंगलबारदेखि नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाउले आइतबार पुनः रेकर्ड कायम गरेको हो ।

आइतबार सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ बढेको छ । आज बढेसँगै प्रतितोला छापावाला सुन १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । शुक्रबार १ हजार ४७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १७८ दशमलव ०८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ३१ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilvernepalNews
Comments (0)
Add Comment