साइबर आक्रमणले डाउन भएको थियो फेसबुक, इन्स्टा र थ्रेड  ?

२६ फनगुन, क्यालिफोनिर्या । गए राति करिब डेढ घण्टासम्म सामाजिक सञ्जालहरू इन्स्टाग्राम, फेसबुक र थ्रेड चलेन । ह्वाट्स एप बाहेकका सबै सामाजिक सञ्जालमा एकै चोटी किन समस्या आयो भन्ने कारण अहिलेसम्म थाहा हुन सकेको छैन । 

मेटा स्वयम्ले पनि अहिलेसम्म यसको कुनै ठोस कारण बताएको छैन । आउटेजको समयमा एकाउन्टहरु आफैं लग आउट भइरहेका थिए । प्रयोगकर्ताहरूको टाइमलाइन रिफ्रेश भइरहेको थिएन ।

यो समस्या देखिएपछि एक्सका मालिक एलन मस्कले त तपाईँले यो पोष्ट देखिरहनु भएको छ भने हाम्रो सेवाहरु ठिक छ र हाम्रो सर्भरले राम्रोसँग काम गरिरहेको छ भन्दै मेटालाई गिज्याएका थिए । साइबर आक्रमणका कारण मेटाका सेवाहरुमा समस्या आएको बताइएको छ । यो आउटेज केहि दिन अघि अमेरिकामा भएको साइबर आक्रमणको एक हिस्सा पनि हुन सक्ने धेरै विज्ञहरूले दाबी गरेका छन् । के साँच्चै मेटा साइबर आक्रमणको सिकार भएको थियो त ?

मेटाको आउटेजमा चिनियाँ ह्याकरहरूको हात

मंगलबार साँझ नेपालमा फेसबुक, इन्स्टाग्राम, फेसबुक मेसेन्जर र थ्रेडहरू डाउन भइरहेको बेलामा अमेरिकामा अन्य धेरै कम्पनीका सेवा पनि ठप्प भएका थिए । यसको पछाडि साइबर आक्रमणको आशंका गरिएको छ ।

त्यति बेला अमेरिकामा गुगल, युट्युब, हनीवेल,  ह्वाट्स एप, गुगल प्ले स्टोर, ओ२, माइक्रोसफ्ट टिम्स र एक्सको सेवाहरु पनि ठप्प भएको डाउन डिटेक्रले बताएको थियो । एक्सका एक युजरले पनि यस्तो दाबी गरेका थिए । हालै मात्र अमेरिकाको स्वास्थ्य सेवा प्रणालीमा साइबर आक्रमण भएको थियो ।

त्यसपछि धेरै अस्पतालहरूले औषधि किन्न आएकाहरूलाई बिल दिन सकेनन् । यो आक्रमण स्वास्थ्य सेवा भुक्तानी प्रणालीमा भएको थियो । एक दिन पछि मेटामा देखिएको आउटेजलाई पनि धेरैले यही साइबर आक्रमणसँग जोडेर हेरेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment