भाटभटेनीे सुपरमार्केटको २७औं आउटलेट झापाको दमकमा

२३ फागुन, काठमाडौं । देशको अग्रणी रिटेल चेन भाटभटेनी सुपरमार्केटको २७औं आउटलेट झापाको दमकमा खुलेको छ । कम्पनीले यही फागुन २३ गते दमकमा भाटभटेनी सुपरमार्केट उद्घाटन गरेको हो ।

सुविधाजनक सुपरमार्केटमा किनमेल गर्ने दमकवासीको चाहनालाई सम्मान गर्दै भाटभटेनी समूहले आफ्नो सेवा विस्तार गरेको हो । उद्घाटनका दिन हरेक सामानमा विशेष छुट दिइएको छ । ‘ग्राहकको सन्तुष्टि हाम्रो लक्ष्य’ नाराका साथ अघि बढेको भाटभटेनी सुपरमार्केट देशभरका ग्राहकले रुचाएको किनमेल गन्तव्यमा पर्छ । भाटभटेनीमा घरासयी आवश्यकताका सबै सामान पाइन्छन् ।

संघीय राजधानी रहेको काठमाडौं उपत्यकामा दर्जनभन्दा बढी सुपरमार्केट सञ्चालन गरिरहेको भाटभटेनीका सुपरमार्केटहरु देशका सबैजसो प्रमुख सहरहरुमा खुलिसकेका छन् । सन् १९८४ मा काठमाडौंको भाटभटेनीमा करिब १२० वर्गफिटको एउटा सटरमा सीमित कोल्डस्टोरबाट खोटाङमा जन्मनुभएका मिनबहादुर गुरुङले शुरु गर्नुभएको भाटभटेनी यतिबेला रिटेल सेक्टरको सबैभन्दा ठूलो करदाताको रुपमा उभिएको छ । करिब पाँच हजारजना पूर्णकालीन कर्मचारी रहेको भाटभटेनी सुपरमार्केटमा दैनिक ८ करोड रुपैयाँ हाराहारीको कारोबार हुन्छ । देशभरका भाटभटेनी सुपरमार्केटमा दैनिक सवा लाख जति ग्राहक पुग्छन् ।

नेपालमा डिपार्टमेन्टल स्टोर संस्कृतिको विकासमा समेत अग्रणी योगदान रहेको भाटभटेनी सुपरमार्केटमा ताजा तरकारी र फलफूलदेखि विश्वविख्यात ब्रान्डसमेतका गरी एक लाख ५० हजार थरी वस्तु पाइन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment