अर्थशास्त्री महत अर्थमन्त्री हुँदा नबढेको शेयर बजार विष्णु पौडेल आउने चर्चाले शेयर बजारमा उछाल

२१ फागुन, काठमाडाैं । अर्थशास्त्री डा. प्रकाश शरण महत अर्थमन्त्री हुँदा बढ्न नसकेको शेयर बजार नेकपा एमालेका महासचिव विष्णु प्रसाद पौडेल अर्थमन्त्री हुने चर्चाले सोमबार कारोबार खुलेको ३ मिनेटमै सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ । पहिलो ४ मिनेटमै ४ प्रतिशतले सर्किट लागेको अव ४० मिनेट कारोबार बन्द हुनेछ । त्यस पछि पनि बजार ५ प्रतिशतले बढ्यो भने पुन ३० मिनेट बन्द हुनेछ र त्यस पछि पनि ६ प्रतिशतले बढ्यो भने बजार आजका लागि बन्द हुनेछ ।

डा. प्रकाश शरण महत भएको केहि दिन शेयर बजारमा लगातार गिरावट नै देखिएको थियो । शेयर बजारले सर्वाधिक उचाइ बनाउदा अर्थमन्त्रीमा प्राय विष्णु पौडेल नै हुने गरेका छन् । खासमा उनि शेयर बजार मैत्री अर्थमन्त्रीका रुपमा चिनिन्छन् । उनको आफ्नै शेयर ब्रोकर पनि छ । उनको छोराले शेयर ब्रोकर सञ्चालन गर्छन् । यसले गर्दा उनि शेयर बजार सुधार भएको देख्न चाहन्छन् । अर्को तर्फ पौडेलले शेयर बजारको हितमा काम गर्ने आम लगानीकर्ताको विश्वास छ ।

शेयर बजारको उतारचढावमा सबैभन्दा धेरै भुमिका लगानीकर्ताको कन्फिडेन्सले काम गर्छ । जव जव अर्थमन्त्रीमा पौडेलको चर्चा हुन्छ तव तव शेयर बजारमा हरियाली छाउने गरेको छ । त्यसमा पनि अहिलेको अवस्थामा शेयर बजार धेरै नै तल्लो विन्दुमा छ । यसले गर्दा सस्तोमा शेयर खरिद गर्न पनि लगानीकर्ता हौसिएका हुन्छन् ।

शेयर बजारले अहिलेसम्मकै सर्वाधिक उचाइ बनाउदै गर्दा सबैभन्दा धेरै विष्णु पौडेलकै कार्यकालमा थियो । उनि पछि अर्थमन्त्रीमा जनार्दन शर्मा आए त्यस पछि शेयर बजार लगातार ओरालो झर्यो । जव डा. युवराज खतिवडा अर्थमन्त्रीबाट हटे त्यस पछि विष्णु पौडेल अर्थमन्त्री भए । त्यतिवेला नै शेयर बजार लगातार बढ्न सुरु गरेको थियो । उक्त अवधिमा लगानीकर्ताले अधिक पैसा कमाउन सफल भएका थिए ।

अहिलेको अवस्था पनि त्यस्तै छ । शेयर बजार लगभग तल्लो विन्दुमा छ । लगानीकर्ताको पोर्टफेलियो धेरै नै तल झरेको अवस्था छ । जव लगानीकर्तामा शेयर बजार बढ्छ भन्ने कन्फिडेन्स बढ्छ त्यस पछि बजारले पनि गति पक्रिने गर्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment