शालिनको बलात्कार पुष्टि भएन, झुण्डिएर मृत्यु भएको पोष्टमार्टम रिपोर्ट

२० फागुन, काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा मृत भेटिएकी १४ वर्षीया शालिन पोखरेलको मृत्यु ह्याङगिङ (झुण्डिएर) भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको पोस्टमार्टमले उक्त कुरा खुलाएको हो। आइतबार पोस्टमार्टम रिपोर्ट आएपछि बालिका शालिनको मृत्यु ह्याङगिङका कारण भएको खुलेको हो। यसअघि बालिकाका आफन्तले शालिनलाई बलात्कारपछि हत्या गरेको आरोप लगाएका थिए।

तर पोस्टमार्टम रिपोर्टमा भने बलात्कार पनि देखिएन। शालिनको कन्याजाली नच्यातिएको देखिएकाले बलात्कार नभएको पोस्टमार्टम रिपोर्ट आएको एक चिकित्सकले जानकारी दिए। त्रिवि शिक्षण अस्पतालका डाक्टर गोपाल चौधरीको टिमले पोस्टमार्टम गरेको थियो। घटनास्थलमा सुसाइड नोट समेत फेला परेको थियो।

कक्षा ८ मा अध्ययनरत शालिन गत फागुन १२ गते बोर्डिङको होस्टलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। शालिन मृत भेटिएपछि बालात्कारपछि हत्या भएको भन्दै आफन्तले प्रहरीमा किटानी जाहेरीसमेत दिएका थिए।

त्यसपछि चितवन प्रहरीले बोर्डिङका प्राधानाध्यापक बालहरि देवकोटा, सहप्राधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमल शर्मा पौडेललाई पक्राउ गरेको थियो।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment