शुक्रबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ बढ्यो

१८ फागुन, काठमाडाैं । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । बिहीबार २०० रुपैयाँले बढेको सुनको भाउ शुक्रबार ६०० रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ४६ दशमलव ३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ७७ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilverhealthnepalNewsPolitic
Comments (0)
Add Comment