मस्कले ल्याउँदै एक्समेल, जिमेल बन्द हुन लागेको हो ?

१५ फागुन,एजेन्सी। टेस्ला, स्पेसएक्स र एक्सजस्ता कम्पनीका मालिक एलन मस्कले एक्समेल ल्याउने घोषणा गरेका छन् । उनले ईमेल सेवा दिने गरि एक्समेल ल्याउने बताएका हुन् ।

मस्कले एक्समा सोधिएको प्रश्नमा एक्समेल आउने बताएका छन् । उनलाई सोधिएको प्रश्नको जवाफ दिँदै उनले आफूले एक्समेल इमेल सेवा प्रदायक ल्याउने जनाएका हुन् ।

गुगलको इमेल सेवा दिने जिमेललाई उनको इमेल सेवा प्रदायक एक्समेलले चुनौती दिने बताइएको छ ।

मस्कले एक्समेल ल्याउने पुष्टि गरेप नि त्यसको मिति भने घोषणा गरेका छैनन । सँगै यससँग जोडिएका अन्य विस्तृत विवरणहरु पनि उनले सार्वजनिक गरेका छैनन् । तर, गुगलको इमेल सेवा प्रदायक जिमेल बन्द हुने अफवाह चलिरहँदा मस्कले आफूहरुले ईमेल सेवा दिने एक्समेलमा काम गरिरहेको भने पुष्टि गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment