सुनको भाउमा गिरावट, सोमबार कतिमा हुँदैछ कारोबार

१४ फागुन, काठमाडाैं । सुनको भाउमा सामान्य गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार ५०० रुपैयाँले बढेको सुनको भाउ सोमबार २०० रुपैयाँले घटेको हो ।

सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३२ दशमलव ३५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ८४ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilverhealthnepalNewsPolitic
Comments (0)
Add Comment