पाल्हीनन्दनको नन्दनगर पर्यटकको रोजाइमा

१३ फागुन, काठमाडाैं । पछिल्लो समय पश्चिम नवलपरासीका पर्यटकीय स्थलमा पर्यटकको चाप बढेको छ । प्रायः सुनसान रहने यहाँका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।

पाल्हीनन्दन–६ मा अवस्थित प्राचीन नन्दनगर अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । परासी सदरमुकामबाट करिब सात किलोमिटर दक्षिण पाल्हीनन्दनको सनइ गाउँ नजिकै ऐतिहासिक नन्दनगर अवस्थित छ ।

“सनइ भन्ने गाउँको पश्चिमतर्फ ऐतिहासिक नन्दनगर छ । प्राचीन नन्दनगरसँग प्राचीन कोलिय गणराज्यको इतिहास जोडिएको जानकारहरु बताउँछन्”, पाल्हीनन्दन–६ का वडाध्यक्ष क्रिसचन्द्र यादवले भने। यस क्षेत्रको संस्कृति संरक्षण र पुनःउत्थान गर्न रामग्राम–१८ मा रहेको पण्डितपुरबाट नन्दनगरसम्म आनन्द जात्रा निकाल्ने योजना रहेको उनले बताए ।

जात्रापछि संस्कृतिका रुपमा नन्दनगर विकसित हुँदै जाने वडाध्यक्ष यादवको विश्वास छ । बौद्धकालीन इतिहाससँग जोडिएका संस्कृतिक सम्पदाको संरक्षण गर्न जात्रा निकालिने उनले जानकारी दिए ।

ऐतिहासिक नन्दनगरको प्राकृतिक मनोरम दृश्वालोकन, सडक सञ्जाल विस्तार, आवास तथा भोजनका लागि होमस्टे (घरबास) सञ्चालन भइरहेकाले आन्तरिक पर्यटकको रोजाइमा नन्दनगर पर्न थालेको वडा सदस्य सुनिता सहानीले बताइन् । यहाँ पर्यटकको आगमन बढे्सँगै स्थानीयको आय पनि क्रमशः वृद्धि भएको उनले बताइन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment