अम्बे स्टिल्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

०८ फागुन, काठमाडाैं । अम्बे स्टिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको तयारी गरेको हो ।

कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पास गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २३ गतेका लागि वार्षिक साधारण सभा बोलाएको हो ।

सभामा प्रिमियम मूल्यमा आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने र सो कार्यको लागि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित हुने छ ।

त्यसैगरी, आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक तथा अन्डरराइटर नियुक्त गर्ने र आईपीबाट प्राप्त रकमको उपयोगको प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ । यस्तै सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने सम्बन्धि प्रस्ताव उपर छलफल तथा पारित गर्ने छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment