पर्यटन गतिविधि बढाउन पानी जहाज थप्दै श्रीलङ्का

०७ फागुन, एजेन्सी । पर्यटन गतिविधि बढाउँन श्रीलङ्काले पानी जहाज थप्ने तयारी गरेको छ ।

श्रीलङ्काको बन्दरगाहमा फेब्रुअरीदेखि अप्रिलसम्म पचासवटा क्रुज जहाजहरू बोलाइने तयारी रहेको सरकारी सञ्चारमाध्यमले आइतबार बीएचआरलाई उद्धृत गर्दै उल्लेख गरेको छ । श्रीलङ्का पर्यटन विकास प्राधिकरणका महानिर्देशक सारिफो दीनले दिएको जानकारी अनुसार अधिकांश क्रुज जहाजहरू कोलम्बो बन्दरगाहमा र केही हम्बनटोटा र त्रिन्कोमाली बन्दरगाहमा रहने छन् ।

सामान्यतया प्रत्येक क्रुज जहाजमा करिब १,००० यात्रु बोक्ने क्षमताका हुनेछन् र ती जहाजहरू श्रीलङ्काको बन्दरगाहमा करिब दुई दिनसम्म लङ्गर हुने अपेक्षा गरिएको बताउँदै यी पानीजहाज सञ्चालनले यस वर्ष पर्यटक आगमनको सङ्ख्या बढाउने उनको भनाइ छ ।

सार्वजनिक तथ्याङ्क अनुसार सन् २०२३ मा १४ लाख ८० हजारभन्दा बढी पर्यटकले श्रीलङ्का भ्रमण गरेका थिए । उक्त सङ्ख्या अघिल्लो वर्षको तुलनामा दुई गुणाले वृद्धि भएको देखिन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment