आजकाे माैसम जानकारी:आज ४ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना

०६ फागुन, काठमाडौं । आज ४ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज देशको पहाडी भेगमा आंशिकदेखि मुख्यतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका पहाडी भेगमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ।

यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका उच्च पहाडी र हिमाली भेगका थोरै तथा बाँकी उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति पहाडी भेगमा आंशिकदेखि मुख्यतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका पहाडी भेगमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका उच्च पहाडी र हिमाली भेगका थोरै तथा बाँकी उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment