प्रभावितलाई सर्वोत्तमको आईपीओ बाँडफाँट, सर्वसाधारणलाई ६ लाख ८१ हजार कित्ता थपिने

२ फागुन, काठमाडौं । सर्वोत्तम सिमेन्टले उद्योग तथा खानी प्रभावित स्थानीयका लागि यसअघि खुलाएको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार सेयर बाँडफाँट गरेको हो । कुल १ हजार २२४ जना आवेदकले २ लाख ४८ हजार ४७० कित्ता सेयरका लागि रितपूर्वक आवेदन दिएका थिए ।

आवेदन दिएका सबैले मागेजति नै सेयर पाएका छन् । कम्पनीले प्रभावित स्थानीयका लागि ९ लाख ३० हजार कित्ता सेयर छुट्याएको थियो । बिक्री नभएको सेयर आम सर्वसाधारणमा थप गरेर खुलाइने व्यवस्थाअनुरुप अब बाँकी ६ लाख ८१ हजार ५३० कित्ता सेयर आम सर्वसाधारणका लागि थप भई खुल्नेछ ।

पहिलो पटक बुक बिल्डिङ बिधिबाट मूल्य निर्धारण गरी कम्पनीले आईपीओ जारी गरेको हो । सर्वसाधारण तथा प्रभावित स्थानीयका लागि कम्पनीको आईपीओ मूल्य प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा तय भएको थियो । सर्वोत्तमले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता सेयर सर्वसाधारण समूहमा जारी गर्न लागेको हो ।

यहीं समूहको सेयर उद्योग प्रभावित क्षेत्र नवलपरासीको सुनवल नगरपालिकाका केही वडा नम्बरहरु ३,४,५,६,११ र १३ का स्थानीयका लागि आवेदन खुलाइएको थियो । त्यस्तै खानी क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका १ र २, रिब्दिकोट गाउँपालिकाका २,३, ४ र ६ तिनाउँ पालिकाका १, २ र ३ तथा निस्दी गाउँपालिका ७ नम्बर वडाका बासिन्दालाई आईपीओ खुलेको थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment