सोमबार सुन-चाँदीको भाउ कति ?

२९ माघ, काठमाडाैं । सोमबार सुनको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला ५०० रुपैयाँले घटेको सुनको भाउ सोमबार स्थिर रहेको हो । सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ३९५ रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य आइतबार प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २३ दशमलव ९२ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ७२ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilverhealthnepalNews
Comments (0)
Add Comment