यू-१९ क्रिकेट टोलीलाई खेलकुद मन्त्रालयले गर्‍यो नगद सहित पुरस्कार

२८ माघ, काठमाडौं । यू-१९ क्रिकेट टोलीलाई युवा तथा खेलकुद मन्त्रालयले नगद सहित पुरस्कार गरेको छ। खेलकुद मन्त्री डिगबहादुर लिम्बुको प्रमुख अतिथ्यतामा खेलाडीहरुलाई पुरस्कृत गरिएको हो।

मन्त्रालयको सभा हलमा आईसीसी यू-१९ क्रिकेट वर्ल्डकपको एसिया क्वालिफयार विजेता नेपाली क्रिकेट टिम एवं यू-२२ एसियन मेन्स एण्ड वुमन बक्सिङ च्याम्पियनसिपका खेलाडी तथा प्रशिक्षकहरुलाई पुरस्कृत गरिएको छ।

यू-९ क्रिकेट वर्ल्डकपको क्वालिफायर विजेता तथा पुरस्कृत खेलाडी
१. देव खनाल (कप्तान) ३ लाख
२. दिपेशप्रसाद कँडेल (उपकप्तान) ३ लाख
३. दीपक बोहरा ३ लाख
४. आकाश त्रिपाठी ३ लाख
५. उत्तम रंगु थापा मगर ३ लाख
६. दीपकप्रसाद डुम्रे ३ लाख
७. अर्जुन कुमाल ३ लाख
८. आकाश चन्द ३ लाख
९. हेमन्त धामी ३ लाख
१०. दीपक बोहरा ३ लाख
११. दुर्गेश गुप्ता ३ लाख
१२. सुभाष भण्डारी ३ लाख
१३. विशाल विक्रम केसी ३ लाख
१४. मिलन बोहरा ३ लाख
मुख्य प्रशिक्षक र अफिसियलहरु
१. जगतबहादुर टमाटा मुख्य प्रशिक्षक २ लाख
२. विक्रम विष्ट टिम व्यवस्थापक १ लाख
३. पूर्णबहादुर तिरुवा फिजियो १ लाख

यू-२२ एसियन मेन्स एण्ड वुमन बक्सिङ च्याम्पियनसिपका पदक विजेता तथा पुरस्कृत खेलाडी
१. सुष्मा तामाङ रजत ६ लाख
२. हेमा राई काश्य ३ लाख
३. त्रिशा जबेगु काश्य ३ लाख
४. विजय बाटा काश्य ३ लाख
मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक
१. दिपक महर्जन मुख्य प्रशिक्षक १ लाख ८ हजार
२. सन्दीप श्रेष्ठ सहायक प्रशिक्षक ७२ हजार



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment