सुनको भाउ एकैदिन ५०० रुपैयाँले घट्यो, आइतबार कतिमा हुँदैछ कारोबार ?

२८ माघ, काठमाडाैं । साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको छ । शुक्रबार १०० रुपैयाँले बढेको सुनको भाउ आइतबार ५०० रुपैयाँले घटेको हो ।

आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख १८ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य शुक्रबार पनि सोही भाउमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २४ दशमलव ४९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ६१ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment